बागमती प्रदेश सभामा प्रतिपक्षद्धारा बैठकको माग

0

हेटौडा \  बागमती प्रदेशमा प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सभा बैठकको माग गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारले बैठक नराखी संसदलाई छल्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले बैठक नबस्दा जनताका प्रतिनिधिहरुको बोल्ने थलो बन्द भएको बताउनुहुदै ‘सरकारले बैठकै नबोलाए पछि जनताका प्रतिनिधि प्रदेशसभा सदस्यहरुले जनताका आवाजहरु कहाँ गएर बोल्ने ?’उहाँले औल्याउनु भयो ।

प्रदेश सरकार गलत दिशा तर्फ अग्रसर भइरहेको आरोप लगाउदै एमालेले बजेटका विषयमा बार्गेनिङ्ग गर्दै संसद अवरोध गरेको भन्ने कुरा गलत रहेको प्रष्ट पार्नु भयो । प्रदेश सभाको बैठक साँढे दुई महिना देखी बस्न सकेको छैन । वर्षे अधिवेशनको अन्त्य भएको अढाई महिना बितिसक्दा पनि बागमती प्रदेश सभाको बैठक बस्न नसकेपछि सदनमा आफ्ना कुरा राख्न नपाएको प्रदेश सभा सांसदहरूको गुनासो आउन थालेको नेता थपलियाले बताउनु भयो । समय समयमा सदन बसे आफ्ना निर्वाचन क्षेत्रका नागरिकको समस्या सदनमा उठाउन पाइनेमा लामो समयदेखि बैठक नबस्दा समस्या भइरहेको उहाँले बताउनु भयो । गएको असोज २४ गतेदेखी बैठक बस्न सकेको छैन् ।

प्रदेशसभाको बैठक अझै कहिले बस्छ भन्ने कुनै टुङ्गो लागेको छैन । पछिल्लो पटक २२ असोजमा बैठक  बसेको थियो । उक्त बैठकबाट २ वटा विधेयक पारित भएका थिए । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएपछि अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित भएको प्रदेश सभासभामुख भुवन पाठकले सदनलाई जानकारी गराउनु भएको थियो ।

त्यसको दुई दिनपछि अर्थात २४ असोजमा बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्ले र्गयो । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेश सभाको १२ औँ बर्खे अधिवेशन २३ गते (मंगलबार) मध्यराति १२ बजेदेखि अन्त्य गर्नु भएको थियो । बर्खे अधिवेशन अन्त्य भएको ५८ दिन बितिसक्दा पनि हिउँदे अधिवेशनको आह्वान गरिएको छैन । झन्डै दुई महिनासम्म प्रदेश सभा सांसदहरू कामविहीन जस्तै छन् ।

Leave A Reply

Your email address will not be published.