चेक गणतन्त्रको राजधानी प्रागमा भएको गोलिवारिमा १५ जनाको मृत्यु , आक्रमणकारिले आफैलाई गोलि हानेर आत्महत्या,

0

चेक रिपब्लिकको राजधानी  प्रागको याम पालाक स्क्वायरमा अवस्थित चार्ल्स विश्वविद्यालयमा एक बन्दुकधारीले   अन्धाधुन्ध गोलि चलाउदा १५ जनाको मृत्यु भएकोछ ।

आज दिउसो त्यहाको समय अनुसार करिब तीन बजे भएको गोलिवारिमा  दुइ दर्जन भन्दा बढी घाइते भएको चेक प्रहरीले जनाएको छ ।

बन्दुकधारी सोही विश्वबिध्यालयमा अध्ययनरत बिध्यार्थी भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन ।  प्रहरीका अनुसार उनि  प्रागबाट २१ किलोमिटर टाढाको एक गाउँका २४ वर्षीय युबा थिए।

प्रहरीका अनुसार निज ब्यक्तिको लाश विश्वविद्यालयको कला संकायमा फेला परेको र उनको बाबु पनि आज बिहान १२. १५ तिर गाउमानै मृत फेला परेको थियो।बाबूको हत्या पछी अरुलाई मारेर आफूले पनि आत्महत्या गरेको अनुमान गरिएकोछ ।

यो चेकको आधुनिक इतिहासमा यस प्रकृतिको सबै भन्दा ठुलो घटना हो।

Leave A Reply

Your email address will not be published.