नीति तथा कार्यक्रम कार्यान्वयनबारे चौमासिक समीक्षा सुरु

0

काठमाडौ \  सरकारका कामहरूको चौमासिक समीक्षा सिंहदरबारमा सुरु भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको चौमासिक समीक्षा सुरु भएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको चौमासिक  छलफलमा मन्त्री र मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.