घाँटी रेटेर हत्या

0

सुरुङ्गा (झापा), २० असोज । धारिलो हतियार प्रयोग गरी झापाको कनकाई नगरपालिकामा आज बिहान एक जनाको हत्या भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जितबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताउनुभयो । हत्या कसले र किन ग-यो भने खुल्ल नसकेको र हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.