असुरक्षाको महसुस गर्दै नेपाली चालक नेपाल आए

0

लुम्बिनी (रुपन्देही), २० असोज । भारतीय पक्षको आडमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल–भारत सीमा नाका वेलहिया ठप्प पारेपछि असुरक्षाको महसुस गर्दै नेपाली चालक आफ्ना गाडी बेवारिसे अवस्थामा छाडेर नेपाल आएका छन् ।
गत आइतबार दिउँसोदेखि भारतीय बजारबाट मालवाहक सवारी आउन नदिएको मधेसी मोर्चाले भारतीय भूमिमा बसेर आन्दोलन चर्काउँदै केही नेपाली नागरिकलाई भारतीय भूमिमै कुटपिट गरेपछि मालवाहक गाडी बेवारिसे अवस्थामा छाडेर आफ्नो भूमिमा आएको नेपाली चालकले बताएका छन् ।
भारतीय भूमिमा रहेका २०० भन्दा बढी चालक असुरक्षाको महसुस गर्दै नेपाल आएका हुन् । उनीहरुले ज्यानभन्दा ठूलो गाडी र सामान नभएको भन्दै आफूहरु आफ्नै भूमिमा आएको बताएको इलाका प्रहरी कार्यालय वेलहियाले जनाएको छ । वेलहियाका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार नेपाल आएका चालकले वेलहियामा केही समय नाराबाजीसमेत गरेका थिए । मोर्चाको आन्दोलनका कारण रुपन्देहीको वेलहिया नाका तीन दिनदेखि ठप्प रहेको र आइतबार मध्याह्नदेखि कुनै पनि मालवाहक साधन नेपाल आएका छैनन् ।

Leave A Reply

Your email address will not be published.