गणतन्त्रमै नागरिकको अवस्था परिवर्तन हुन्छ : सभापति देउवा

0

ओखलढुङ्गा \  पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई राम्रोसँग चलाउन सके देश विकास गर्न सकिने बताउनुभएको छ। बिपी स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा आउनुभएका सभापति देउवाले यस्तो बताउनुभएको हो।

“देश लोकतान्त्रिक गणतन्त्रमा गइसेको छ,” उहाँले भन्नुभयो “यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ।” यो व्यवस्थाले आदिवासी, जनजाति, मधेसी, महिला, दलित लगायत सबैलाई अपनत्व दिलाउन आवश्यक रहेको उहाँ भनाइ छ।

कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय नेता शेखर कोइरालाले देशमा बेरोजगार समस्या बढ्दो क्रममा रहेको बताउनुभएको छ। यसका समाधानका लागि कृषि क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्न सकिने नेता कोइरालाको भनाइ छ।

पछिल्लो समय देशमा एनसेलमा भ्रष्टाचारको चर्चा चलिरहेको सन्दर्भमा नेपाली कांग्रेसले सदनमा आवाज उठाउने नेता कोइरालाले बताउनुभयो। सङ्घीयता सहितको लोकतान्त्रिक गणतन्त्र यो व्यवस्थाको रक्षाका लागि कांग्रेस लाग्ने महामन्त्री गगन थापाले बताउनुभयो। देशमा भ्रष्टाचार अन्त्य गर्नका लागि नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका खेल्नु आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ।

पार्टी सुधारेर लैजानु आवश्यक रहेको महामन्त्री थापाले बताउनुभयो। “पार्टी सुधार्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “चिन्ता २०८४ को होइन, अहिले र आज नै काम गर्न लागिपर्नुपर्छ।”

छिट्टै सङ्घमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने महामन्त्री थापाले बताउनुभएको छ। कांग्रेसले देशमा अभिभावकको भूमिका खेल्ने थापाको भनाइ छ। बिपी स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा सहमहामन्त्री भीष्म आङदाम्बे, पार्टी प्रवक्ता मीन विश्वकर्मा, कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की, पूर्व मुख्यमन्त्री उद्धव थापा, केन्द्रीय सदस्य रामहरि खतिवडा, प्रदीपकुमार सुनुवार लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता थियो।

सम्मेलन बुधबारसम्म सञ्चालन हुने जिल्ला पार्टी सभापति तेजेन्द्र खनालले जानकारी दिनुभयो। कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति र महत्त्वपूर्ण भूमिका खेल्नुहुने महानुभावलाई सम्मान गरिएको छ।

पूर्व सभापति महेशकुमार कर्माेचा, प्रदीपकुमार सुनुवार, गोमा केसी साथै स्वर्गीय डिल्लीराम खनाल, मित्रसेन दाहाल, चन्द्रकान्त दाहाल, दुर्योधन गिरीलाई सम्मान गरिएको कांग्रेस ओखलढुङ्गाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.