तीन दल र मधेसी मोर्चाबीचको बार्ता निष्कर्षविहीन

0

काठमाडौं, १९ असोज । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच मंगलबार(आज) भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको वार्तामा प्रमुख तीन दलले गठन गरेको वार्ता टोलीले प्रदेश सिमांकनका विषयमा स्पष्ट धारणा नल्याएको भन्दै मोर्चाले थप छलफल गर्न नमानेको हो ।
मोर्चाले प्रदेश सिमांकनको स्पष्ट धारणा लिएर आउन तीन दलीय मोर्चालाई आग्रह गरेको छ । बुधबार(भोली) पुनः वार्ता गर्ने सहमति भएको छ । मोर्चाले वार्ता निष्कर्षमा नपुगेसम्म सिमा नाकामा अवरोध जारी राख्ने चेतावनी दिएको छ ।
वार्तामा तीन दलीय वार्ता टोलीमा नेपाली कांग्रेसका तर्फबाट महेश आचार्य, नेकपा एमालेका तर्फबाट अग्नी खरेल र एकीकृत माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
त्यसैगरी मधेसी मोर्चाका तर्फबाट सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुल्क, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश राय सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.