काठमाडौं \ राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत आज र भोली दुई दिन बालबालिकालाई भिटामीन ए क्याप्सुन र जुकाको औषधि खुवाइने सरकारले जनाएको छ ।
हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरिे १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।