चालु संसदको अधिवेशन आजबाट अन्त्य गर्ने सरकारको निर्णय

0

काठमाडौं \ सरकारले बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताउनु भयो ।

उहाँले सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको बताउनु भयो । साथै कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने कार्यहरु नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयले अनुगमन र कारबाही गर्ने निर्णय भएको मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

यसका लागि सरकारले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको पनि उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.