सम्पादक शर्मामाथि सांघातिक आक्रमण, दोषीलाई कारवाही गर्न चौतर्फि माग

0

काठमाण्डौ \  गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालय काठमाण्डौमा आयोजित कार्यक्रममा समाचार संकलन गरीरहेका बेला नेपाल पत्रकार महासंघ बेल्जियम शाखा अध्यक्ष एबम चारदिशा अनलाईन पत्रिकाका सम्पादक ओम शर्मा माथि सांघातिक आक्रमण भएको छ ।

आक्रमणमा परी पत्रकार शर्मा गम्भिर घाईते भएक छन् । गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा समाचार संकलन गरिरहेकै बेला आफु माथि युवा संघका कार्यकर्ताले आक्रमण गरेको पत्रकार शर्माले बताएक छन् । कार्यक्रमको तस्बिर खिच्ने क्रम्मा एक्कासी आफुमाथि नेकपा एमाले सर्मथीत युवासंघका कार्यकताले आफु माथि आक्रमण गरेको शर्माले सिधाखबरलाई बताए ।

एमाले नेता महेश बस्नेत समेतको सहभागितामा अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला समाचार संकलनकै क्रममा दिउसो दुई बजेतिर आफुलाई हातपात गरी सांघातिक आक्रमण गरेको शर्माले बताए ।

मलाई तस्बिर खिचेकै आधारमा मरासन्न हुनेगरी पिटे शर्माले बताए । आफु माथिको आक्रमण सिंगो पत्रकार जगतकै आक्रमण भएकाले आक्रमण गर्नेलाई ततकाल पक्राउ गरी कानुन बमोजिम काबार्ही गर्न नेपाल सरकारसमक्ष शर्माले जोडदार माग गरेका छन् । उनले आफु माथि आक्रमण गर्नेलाई कानुनी काबार्हीको लागी प्रहरी समक्ष उजुरी दिने तयारी गरेको बताए ।

Leave A Reply

Your email address will not be published.