हामीलाई पछाडि फर्किने या रुमलिने छुट छैन : प्रधानमन्त्री

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट नभएको बतानुभएको छ । शनिबार नेपालीहरूको महान् पर्व विजयादशमीको शुभकामना दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

‘‘यतिखेर हामी अवसर र चुनौतीको कठिन परीक्षाबाट गुज्रिरहेका छौं । लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती हाम्रासामु छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन । हामीले नेपाली जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ । यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ ।’’

प्रधानमन्त्री प्रचण्डले जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोँचबाट माथि उठेर “गरे हुन्छ, परिवर्तन सम्भव छ” भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोध, राष्ट्र निर्माणका पक्षमा राष्ट्रिय एकताको भावनालगायतका चुनौती रहेको बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.