राष्ट्रपतिसमक्ष विभिन्न आयोगका प्रतिवेदन पेस

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा आज विभिन्न आयोगका प्रतिवेदन पेस गरिएका छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले लोकसेवा आयोगको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

यसैगरी, राष्ट्रपतिसमक्ष आज नै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।

Leave A Reply

Your email address will not be published.