पत्नीसँग काका सल्केपछि……

0

मुगु, १७ असोज । मुगुको कार्कीवाडा गाविस–५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन् । पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली र आफ्नै काका नाता पर्ने २७ वर्षीय जगेन्द्रको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
दुई जनाले छिमेकीको घरमा शारीरिक सम्बन्ध राख्दै गर्दा फेला पारेपछि जगेन्द्रलाई ४०० मिटर टाढा ताल्चा–गमगढी सडकखण्डको पाटपोटेनी भन्ने स्थानसम्म लखेटी हत्या गरेको र त्यहाँबाट घर फर्केर आई श्रीमतीको पनि हत्या गरेको धर्मराजले प्रहरीसमक्ष बयान दिएका छन् ।
दुवै जनाको हत्यापछि २२ महिनाको छोरो लिई धर्मराजले रातिनै ताल्चा प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरेका थिए । त्यसलगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिई आज बिहान मृतकको शव परीक्षण गरेको र शवलाई आफन्तको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक सोमबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले धर्मराजलाई म्याद थप गरी अनुसन्धान गरिरहेको छ । मृतक जगेन्द्रको चार सन्तान रहेका बताइएको छ ।

Leave A Reply

Your email address will not be published.