हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग निर्माण हुँदै

0

हेटौंडा, १७ असोज ।  हेटौंडाबाट काठमाडौं जोड्ने बैकल्पिक सडकको काम तीव्र गतिमा भईरहेको छ । तत्कालिन कान्ती राजपथको ट्रयाक चौडाई गरी सडम स्तरोन्नतीको काम भइरहेको हो । सडक डिभिजन कार्यालय ललितपुरले २०१६ भित्र सम्पन्न गर्ने गरी २०७० असारबाट सडक स्तरोन्नतीको काम सुरु गरेको हो ।
अहिले सो सडकमा हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र ११ मिटर चौडा र ग्रामीण तर्फ ९ मिटर चौडा पारिएको छ । मकवानपुरको हेटौंडा उप महानगरपालिका, गढी गाविस, ढिंगन गाविस, सुकौरा गाविस, इपा पञ्चकन्या गाविस हुंदै ललितपुरको छपेली, तिनपाने, भट्टेडांडा र टीका भैरब हुंदै सात दोबाटोसम्म ९० किलो मिटर बाटो खोलिएको हो ।
टीका भैरबदेखि सातदोबाटोसम्म भने ११ किलो मिटर सडक स्तरोन्न्ती भईसकेको छ । यस लोकपथको बीचमा पर्ने बाग्मती नदी सहित ३ स्थानमा पूल निर्माण सम्पन्न भईसकेको छ । हाल सो लोकपथमा स्काभेटरले पहाड काट्ने र ग्याभिएन वाल निर्माणको काम भईरहेको सडक डिभिजन कार्यालय ललितपुरका सहायक इन्जिनियर रमेश पाण्डेले जानकारी दिए । ।
पछिल्लो समय पृथ्वी राजमार्ग भएर मालबाहक सबारी साधन गुड्दा अत्याधिक जाम पर्ने हुंदा यो बाटोलाई बैकल्पिक सडकको रुपमा हेरिएको हो । लोकपथ निर्माण सम्पन्न गर्न करीब ३ अर्व लागत रहेको छ । कान्तीलोक पथ स्तरोन्नती पछि मालबाहक सबारी साधनलाई हेटौंडाबाट काठमाडौं आवत जावत गर्न जम्मा ३ घण्टा लाग्नेछ ।

Leave A Reply

Your email address will not be published.