बालिकाको संरक्षण र सम्वर्धनमा थप लगानी बढाउने मन्त्री आचार्य प्रतिवद्धता

0

काठमाडौं \  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवद्र्धनमा राज्यले थप लगानी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ को अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले बालिकाविरुद्धको हिंसा र बाल यौन दुव्र्यवहारविरुद्धको घटना यदाकदा अझै भइरहेको बताउनुभयो ।

मन्त्री आचार्यले समाजमा अझै बालक र बालिकाबीच विभेद गर्ने चलन रहेको भन्दै कानूनी व्यवस्था भएपनि कानूनको प्रभावकारी कार्यान्वयनको अभाव र बाल अधिकार सचेतना र ज्ञानको अभावले लिंग पहिचान गरी बालिका भए एभोर्सन गराउने गरेको घटनाहरु पनि अझै देखिने गरेको बताउनुभयो ।

उहाँले बाल विवाह, बालश्रम लगायतमा पनि बालिकाहरु नै बढी पर्ने गरेको भन्दै यसको रोकथाम, नियन्त्रण तथा न्युनिकरणका लागि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन, योजना तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन, बाल अधिकार सचेतना, अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।

बालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित यस वर्ष अन्तर्राष्ट्रिय बालिका दिवस-२०२३ मनाइएको छ । बालिकाहरुको अधिकार संरक्षण र संवद्र्धन, सम्मानमा सबैले चासो दिन र गम्भीर हुन आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.