विद्यालय शिक्षा विधेयकमाथि संशोधनको बाटो खुल्यो

0

काठमाडौँ  सभामुख देवराज घिमिरेले राखेको विद्यालय शिक्षा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसँगै यो विधेयकमाथि संशोधनको बाटो खुलेको छ । प्रतिनिधिसभा नियमावली अनुसार ७२ घण्टाभित्र सो विधेयकमाथि सांसदहरुले संसदको विधेयक शखामा संशोधन दर्ता गर्न सक्नेछन् ।

सरकारले गत भदौ २७ गते प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेको थियो । विधेयक दर्तापछि शिक्षकहरुले केही प्रावधानहरु संशोधन गर्न माग गर्दै विरोध प्रर्दशन गरेका थिए । सरकारले गत असोज ५ गते आन्दोलनरत शिक्षकसँग र असोज १२ गते राहत शिक्षकसँग  सम्झौता गरेको थियो ।

सो  सम्झौता अनुसार संसदीय प्रक्रियामार्फत बिधेयकमा परिमार्जन गरी कानुन बन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.