मन्त्रिपरिषद् बैठकः संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय

0

हेटौंडा  \  बागती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक सोमबार बसेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गर्नुका साथै प्रदेश सुशासन केन्द्र (स्थापना तथा कार्य सञ्चालन) आदेश २०७७ संशोधन सम्बन्धी निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।

बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । बैठकले  हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेका विधेयक २०८० प्रदेश सभामा गर्नेछौ, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

मन्त्रिपरिषद्को बैठकले चलचित्र विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने भनी निर्णय गरिरहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.