एनआरएनएको अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठ टिम बलियो बनाउदै, उपाध्यक्ष र महासचिबका उम्मेद्वार सहित चुनाबि अभियानमा

0

काठमाडौं । काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशन नजिकिदै जाँदा टीम बलियो बनाउन अध्यक्षका प्रत्यासीहरु सकृय भएका छन । संस्थाको नेतृत्व हत्याउन एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रुपमा उम्मेदवारी घोषणा गरे सँगै आफ्नो टीमलाई बलियो बनाउने प्रयास थालेकाछन ।

एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मात्र पाँच जनाको दाबी छ । भदौ २९ मै ललितपुरको हिमालय होटलमा भब्य समारोह
का बिच अध्यक्षको उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठले आफ्नो टीम थप शसक्त र बलियो बनाउँदै लगेका छन् । संस्थाको दोस्रो प्रभावशाली पद मानिएको महासचिबमा गंगाधर गौतमले वुद्धिसागर सुवेदीलाई समर्थन गरेपछि टीम महेशलाई महासचिब पद व्यवस्थापन सहज भएको छ ।

त्यस्तै उपाध्यक्ष पदमा बलिया मानिएका प्रत्यासीहरु टीम महेशमा जोडिएका छन् । लामो समयको छलफल र सहमति पछि बलियो पृष्ठभूमी र प्रभावशाली संजाल भएका उपाध्यक्षका दाबेदारहरु टीम महेशलाई समर्थन गर्न राजी भएका हुन । विधानमा ६ जना खुला र एक महिला उपाध्यक्षको व्यवस्था छ । जस अनुसार ६ खुल्ला उपाध्यक्ष पदमा लगभग सहमति जुटेको छ । महिला र युबा उपाध्यक्षमा पनि सहमति जुटाउने प्रयास जारी रहेको अध्यक्षका प्रत्यासी महेश श्रेष्ठको सचिवालयले जनाएको छ ।

महेशको टिमबाट डा.केशव पौडेल, सुनील साह, गंगाधर गौतम, नारायण आचार्य र राजु रेग्मी ‘राज’ ले उपाध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ । अन्य पदमा पनि क्षेत्र, लिंग साथै समावेशीका आधारमा उम्मेदवारी टुंगो लगाउने कसरत जारी छ । महेशको टीम व्यवस्थापन र उम्मेदवारको टुंगो लगाउन एनआरएनएका संस्थापकहरु, पूर्वअध्यक्षहरु र विशिष्ट पहिचान बनाएका एनआरएनएका अग्रज अभियन्ताहरुले कसरत गरिरहेका छन् ।

१०औं महाधिवेशन ताका विभाजित जस्तै बनेको एनआरएनएलाई एकताबद्ध बनाएर लैजान संस्थापक एवम पूर्वअध्यक्षहरुले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । १०औं महाधिवेशनमा कार्यकारी पदमा अवसर पाएका पदाधिकारीहरुले यस पटक नदोहोर्याउन र संस्थालाई एकढिक्का बनाएर लैजानगरी संस्थापकहरुले आन्तरिक कसरत गरिरहेको बुझिएको छ । समय दिन सक्ने साथै निस्कंलकित व्यक्तिलाई नेतृत्वमा पुर्याउन उनीहरुको जोड छ ।

समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ भन्ने मूल नाराका साथ टीम महेश चुनावी प्रतिस्पर्धामा छ । संस्थाको नीतिगत सुधारका लागि उनले पाँच वुँदे योजना अघि सारेका छन् । एक साता अघिमात्र जापान भ्रमण सकेर अध्यक्षका उम्मेदवार श्रेष्ठ र महासचिबका उम्मेदवार सुवेदी हाल मध्यपूर्वी एसियाको भ्रमणमा निस्किएका छन् ।

एसिया प्यासिफिक र मध्यपूर्व क्षेत्रमा बस्ने डेलिगेट्स वा गैर आवसीय नेपालीहरुमाझ आफ्नो पक्षमा समर्थन जुटाउन, योजना बनाउन साथै सल्लाह र सुझाव लिन श्रेष्ठ र सुवेदी भ्रमणमा निस्केका हुन् । एनआरएनएको चुनाव अक्टोबर १९ मा काठमाडौंमा हुँदैछ । नयाँ नेतृत्व चयनका लागि यस पटक इ–भोटिङ र फिजिकल दुवैको व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.