प्रधानमन्त्री प्रचण्ड ल्हासामा

0

ल्हासा \ चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ल्हासा आइपुग्नुभएको छ । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका सरकारी अधिकारीले ल्हासाको गोङ्गार विमानस्थलमा स्वागत गर्नुभयो । कार्यक्रमको सुची अनुसार आज साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नुहुनेछ ।

चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रका दुर्गम ग्रामीण क्षेत्रमा तिब्बतबाट विद्युत् वितरण गर्ने समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड ल्हासा आइपुग्नुभएको हो । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमण गर्ने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.