एनआरएनएको सचिवमा दीपक गौतमको उम्मेदवार घोषणा

0

काठमाडौं \  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अन्तर्राष्ट्रिय महाधिवेशन २०२३ का लागि सचिव पदमा दीपक गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा हुने महाधिवेशनमा गौतमले सचिव पदका आफ्नो उम्मेदवारी रहने भनी विश्वभरि रहेका एनआरएनए सदस्यलाई सामाजिक सञ्जाल मार्फत बताएका छन् ।

युवा किशोरावस्था देखि नै विभिन्न राजनैतिक तथा सामाजिक संस्थामा संलग्न हुँदै २०११ मा क्यानडा प्रवेश गरेदेखी नै गैरआवासीय नेपाली संघका गतिविधिमा संलग्न रहेका गौतम २०१३-१५ को कार्यकालमा गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद क्यानडाको प्रवक्ता, २०१७-१९ कार्यकालमा गैरआवासीय नेपाली संघको रक्तसंचार तथा प्रविधि हस्तान्तरण समितिको सदस्य भइसकेका छन् ।

उनी २०१९-२१ मा सोही समितिको प्रचार संयोजक र २०२१-२३ मा गैरआवासीय नेपाली संघ क्यानडाको अध्यक्ष भएका छन् । नेपालको बाग्लुङ्ग घरका भएका गौतम नेपालको सामाजिक विकासमा साथ सहयोग गरेका छन् ।

उनी कोशी प्रदेशका लागि गैरआवासीय नेपाली संघको रक्तसंचार घुम्ती बस मेघा परियोजनाको संयोजक रहेका छन् । उक्त परियोजना समितिले हालसम्म २५ लाख नगद रकम संकलन गरिसकेको उनले बताए ।  गैरआवासीय नेपाली संघ क्यानडाको निर्वाचन प्रणाली परिवर्तन गरि प्रत्यक्ष निर्वाचन प्रणाली र अनलाईन मतदान प्रणाली लागु गरेको उनले बताए ।

गैरआवासीय नेपाली संघका विभिन्न ग्लोवल सम्मेलन, क्षेत्रीय सम्मेलनको सहभागीता तथा अन्तराष्ट्रिय समन्वय परिषदसँग निकट रहेर काम गरेको अनुभवको आधारमा संस्थामा गर्न सकिने सुधारका काम र दिन सक्ने आफ्नो योगदानको मुल्यांकन गरि निर्वाचनमा सचिव पदमा मतदान गर्न सबै एाआरएन सदस्यहरु लाई आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.