लुभेन \ नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसर पारेर बेल्जियमस्थित नेपाली महिलाहरुले पुजा गरेका छन् । गैरआवासीय नेपाली संघ बेल्जियमकी संयोजक शारदा धितालको सक्रियतामा सोमबार लुभेनमा आयोजित कार्यक्रममा महिलाहरुले आआफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, महासचिव रुविना शर्मा, एनआरएनए अभियान्ता अनुजा प्रधान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमले नयाँ पिढीलाई पुजाले चाडपर्व, संस्कार र संस्कृति बुझाउन सजिलो हुने विश्वास रहेको अध्यक्ष धितालले बताइन् ।
अन्नपूर्ण रेष्टुरेन्टमा आयोजित कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्नो कृष्ण भजन लगायत विशेष प्रस्तुती दिएकी थिइन् । कार्यक्रममा गायिका कार्कीले रातै सारी रातै टिकी‘‘.यति धेरै मान्छेहरुको बीचमा‘‘.अच्छालिकीन लण्डनको चिसोले समाउला‘‘..लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमलाई सव्यभव्य बनाउन संगिता थापा क्षेत्री, सरु श्रेष्ठ गुरुङ, जानु नेपाल, रश्मी निरौलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा करिब पचास जना महिलाहरुको सहभागिता रहेको थियो ।