अघोषित नाकाबन्दीको युरोपभरी बिरोध

0

चारदिशा, बेल्जियम ,

नेपालमा नयाँ संबिधान घोषणा भएर देशले बिकास र स्थायित्वको लागि गती लिने आश गरेको बेला मित्र राष्ट्र भारतले गरेको अन्तरराष्ट्रिय सन्धि सम्झौता बिपरित र छिमेकी राष्ट्र प्रती गर्नु पर्ने व्यबहारको उल्टो अघोशित नाकाबन्दीबाट पीडित देशबासीको समर्थन र भारतीय व्यबहारको  बिरोधमा युरोपबासी नेपालीहरुले बिरोध र भ्रत्सना गरेका छन ।

यसै हप्ता स्वीटजरल्याण्ड , स्पेन र बेलायत लगायतका एुरोपियन देशहरुका भारतीय राजदुताबासमा बिरोधका कार्यक्रमहरु आयोजना गरिएका थिए  । सामाजिक सन्जाल लगायत आफनो संपर्कका ब्यक्ती, अन्तरराष्ट्रिय  संघ संस्थाहरुलाई भारतले अन्तररास्ट्रिय निती नियम र कुटनितिक मर्यादा बिपरित गरेको अघोषित नाकाबन्दीको बारेमा बिरोध जनाइरहेका छन ।

शुक्रबार बेल्जियमका बिभिन्न संघ संस्थाले छिमेकी राष्ट्र भारतको ब्रसेल्स स्थित दुताबासमा भेला भएर बिरोध प्रदर्शन गरेका छन । गैर आबसीय नेपाली संघ बेल्जियम र अन्य बैचारिक संगठनहरुले संयुक्त रुपमा बिरोध पर्दशनको आयोजना गरे ।

BACKOF INDIA लेखिएका प्लेकार्ड लगायत राष्ट्रियता र सार्बभौमिकताको समर्थनमा लेखिएका पोस्टरहरु र राष्ट्रिय झन्डा सहित उपस्थित भएका नेपालीहरुको उपस्थिती रहेको कार्यक्रमलाई गैर आबसीय नेपाली संघका अध्यक्ष गंगाधर गौतम , जन संपर्क समितिका अध्यक्ष सुबाश जोशी , जनप्रगतिशिल मन्चका अध्यक्ष चित्र सुबेदी , जन प्रगतिशिल मोर्चाका अध्यक्ष प्रेम पाठक, टिकाराम पौडेल लगायतले सम्बोधन गर्दै देशले भोगिरहेको पिडा प्रबासका नेपाली पनि महशुस गरेको र छिमेकी राष्ट्रले गरेको व्यबहारको भर्त्सना गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.