कांग्रेसका युवा नेता रायमाझीको उपचारार्थ सहयोगको लहर

0
 चारदिशा , बेल्जियम  ।  कलेजोको सक्रमण पछि सिकिस्त भएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवंम नेपाली कांग्रेसका युवा नेता उमेशजङ्ग रायमाझीको विदेशमा उपचारका लागि गैरआवासीय नेपाली सँघका क्रमश: अध्यक्ष शेष घलेले ५ लाख रुपैयाँ र उपाध्यक्ष भबन भट्टले  २ लाख रुपिया सहयोग  गरेका छन् ।
 अष्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिका नेता दिनेश जोशीका अनुसार घलेले बिहीवार रायमाझीलाई विहीवार उनकै निवासमा भेटेर उक्त सहयोग गरेका हुन् । भने यता नेपाली जनसम्पर्क समितिका बेल्जियमका अध्यक्ष सुबाश जोशीको बिशेष अनुरोधमा उपाध्यक्ष भबन भट्टले सहयोग गर्ने बचन दिनु भएको समाचार प्राप्त भएको छ।
 सँघका महासचिब कुमार पन्तले २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति विजय मोक्तानका अनुसार पन्तले नेपाली जनसम्पर्क समिति जर्मनीले आर्थिक सहयोग संकलन गर्ने क्रममा सो रकम घोषणा गरेका हुन् । नेपाली जनसम्पर्क समिति जर्मनीले रु १० लाख रुपैयाँ सहयोग सँकलन गर्ने लक्ष लिएको मोक्तानले बताए ।
 यसअघि नेपाली जनसम्पर्क समिति यूरोपका सभापति दिल गुरुङले २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । यस्तै नेपाली जनसम्र्पक समिति जर्मनीकी उपाध्यक्ष निशा दाहालले रायमाझीको उपचारको लागि ६० हजार रुपैयाँ सहयोग गर्ने भएकी छन् । –
यसअघि नेपाली लोकतान्त्रिक आन्दोलनमा सकृय नेता रायमाझीको आर्थिक अवस्था कमजोर भएका कारण विश्वभरबाट आर्थिक सहयोग संकलन गर्न थालिएको थियो ।  उनको पारिवारीक स्रोतका अनुसार कलेजो प्रत्यारोपणका लागि लाखौं रुपैयांको जोहो गर्न नसक्दा घरमै थलिएर बस्नु परेको अवस्था छ । रायमाझीको जीवन रक्षाका लागि उनको परिवारले आर्थिक सहयोगका लागि सार्वजानीक अपील गरेको थियो ।
 अहिले अमेरीका, अस्ट्रेलिया, बेल्जियम, स्पेन, डेनमार्क लगायतका देशका कांग्रेसी सदस्यहरु बीच सहयोग उठाउने बिषयमा बृहत छलफल भैरहेको छ र एस महान कार्य लाइ अभियानकै रुपमा लगिने छ । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले रायमाझीको जीवनरक्षार्थ ११ लाख रुपैयाँको सहयोग संकलन गरेर पठाई सकिएको आर्थिक संकलन समितिका सँयोजक विश्वआर्दश पण्डितले जनाएका छन् । रायमाझी नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गोबिन्द भट्टराईको कार्यकालका महामन्त्री हुन् । उनको उपचारका लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उनको उपचारका लागि नेपाल सरकारले जम्मा २५ लाख दिने घोषणा गरेको छ ।
Leave A Reply

Your email address will not be published.