सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको छ : ओली

0

काठमाडौं \  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको आरोप लगाउनुभएको छ ।

मिनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरुमाथि सरकारले छानिछानि दुःख दिने काम गरेको ओलीको जिकिर थियो । पार्टीको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले नेतृत्व गरिरहेको माओवादी केन्द्रले त राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सबिरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम गरिरहेको बताउनुभयो ।

यति होल्डिङलाई खेद्नेहरु दलाल पुँजीवादीहरु भएको भन्दै ओलीले यस्ताहरुको बिरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताउनुभयो । सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दे उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरुले मुलुकमा तमासा देखाइरहेको बताउनुभयो । उहाँले धनिपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.