लिङ्देनद्वारा कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव

0

काठमाडौं \ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिनुभएको छ । प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उहाँले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार बनाउनु उचित हुने बताउनुभयो ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिलेको व्यवस्थाको संस्थापक मिलेर प्रदेशसभा जोगाउन सुझाव दिनुभयो । कोशीमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर उद्धव थापालाई मुख्यमन्त्री बनाए पनि दुबै पटक सर्वोच्च अदालतको आदेशमा पदमुक्त हुनुभएको छ ।

गत बिहीबार सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्दै ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखका नाममा परमादेश दिएको थियो । सो आदेश अनुसार शुक्रबार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

तर, ३० दिनभित्र विश्वासको मत लिन उहाँलाई पनि कठिन छ ।

Leave A Reply

Your email address will not be published.