माओवादी पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

0

गोरखा \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभएको छ । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनुभएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै आज सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो,  “अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देशभर उत्साहपूर्ण ढङ्गले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु । ठुलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ ।

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एक मात्र पार्टीको माओवादी हो भन्ने  रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उहाँले चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताउनुभयो । सरकारले  सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरुवात गरिएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.