बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

0

काठमाडौं \  बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालक सहित अन्य ३ जनाको मृत्यु भएको हो । सहचालकसहित अन्य ३ जनाको भने नाम खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो । बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेमध्ये एक दर्जनको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा दुर्घटना भएको हो ।

Leave A Reply

Your email address will not be published.