नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : सभापति देउवा

0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताउनुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालसँग बिजुली किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि बिजुली नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । भारतले भनेका कुरा नमान्ने हो भने बिजुली नकिन्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यता रहेको देउवाकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ । कोसँग कति बोल्ने, कति कुरा राख्ने भन्ने हुन्छ । चीनलाई र भारत दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । चीन र भारतलाई बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ । कि हामीले बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्‍याे, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ । ‘बायर’ ले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई । नत्र कोही आउँदैन, बिजुली किन्दैन ।’

सभापति देउवाले सरकार र कर्मचारी एकआपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.