चेपाङको न्वागी पर्वमा मकवानपुर, चितवन र धादिङमा विदा

0

हेटौंडा \ बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा यही भदौ २२ गते प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

चेपाङहरुको राष्ट्रिय पर्व न्वागीको अवसरमा वाग्मती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ । बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, चीतवन र धादिङ चेपाङ समुदायको वाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि विदा दिइएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री  श्रेष्ठले बताए ।

कानुनमन्त्री श्रेष्ठका अनुसार बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ–५, काठमाडौंकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरको छ ।

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । संगठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयको श्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौता गर्न अख्तियारी दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

Leave A Reply

Your email address will not be published.