विप्लव नेतृत्वको नेकपाले बोलायो स्थायी कमिटीको बैठक

0

काठमाडौं \ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।

पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न नेकपाले भोलि शुक्रबार बिहान ८ बजे काठमाडौमा बस्नेगरी स्थायी समिति बैठक बोलाइएको सो पार्टीले जनाएको छ । बैठक अमेरिकी सहयोग आयोजना (एमसीसी)बारे केन्द्रित हुने नेकपा नेताले जानकारी दिएका छन् ।

बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ । सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा मोर्चामा असन्तुष्ट छ । बुधबार पार्टीका महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सहकार्य तोड्ने चेतावनीसमेत दिइसकेका छन् । हिजो बुधबारबाट एमसीसी कार्यान्वयनमा आउने भनिएपटि समाजवादी मोर्चाको धनगढीमा हुने भनिएको सन्देश सभा स्थगित भएको थियो ।

बुधबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामेरोन अल्फोर्डबीच एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेको पत्र आदान प्रदान भइरहँदा बिप्लव नेतृत्वको नेकपासहितले काठमाडौंमा एमसीसी कार्यान्वयनको बिरोधमा प्रदर्शनसमेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.