बिगतमा भएका गल्तिलाई सच्याएर एनआरएनए अभियानलाई अगाडि बढाउनु पर्छ – शेश घले

0

गैर आबासीय नेपाली संघका पूर्व अध्यक्ष शेस घलेले गैर आबासीय नेपाली अभियानलाई नयाँ ढंगले बस्तुपरक भएर अगाडि बढाउनु पर्ने बताउनु भएकोछ । एनआरएनए बेल्जियमले घलेको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संघको १० सौ महाधिबेशनमा भएका बिबाद र कमजोरी सच्याएर संस्थालाई गतिशिल बनाउनु पर्छ भन्नु भएको हो ।

घलेले १०सौ महाधिबेशन र निर्वाचन कसरी आयोजना गर्ने भन्ने बिषयलाई समयमा समाधान गर्न नसकिएकोले एनआरएन अभियानमा निकै ठुलो क्षति पुगेकोले त्यसबाट पाठ सिकेर एकता र सामुहिक भाबनाको कदर गरेमा आगामी दिन सहज हुने उहाको भनाइ थियो । दसौ महाधिबेशन संस्थाको जीबनको एउटा इभेण्ट थियो, त्यो एभेन्टमा केही कमजोरी भयो र संस्थाको छबि धुमिल बन्यो , अब त्यसका आधारमा एकअर्कालाई दोषारोपण गर्नु भन्दा सकारात्मक सोच राखेर बिदेशमा बसेका नेपालीहरुको भलाईका लागि र देशको सम्ब्रिद्धिका लागि सामुहिक प्रयत्न गर्न आग्रह गर्नु भयो ।

कोभिड पछि बिश्व र बर्तमान रुस युक्रेन युद्धले  नसोचेको परिस्थिती सिर्जना गरेको र यसको असर अझै केही बर्ष रहने हुँदा त्यसबाट प्रबासी नेपालीलाई परेको प्रभाबलाई न्युनिकरण गर्न एनआरएनएले नयाँ कार्ययोजना बनाओस भन्ने सुझाब दिनु भयो । एनआरएनएको एकताको लागि चिन्ता गरी रहेकाहरुलाई ‘गल्तिको आत्मालोचना गरेर प्रबासी नेपालीहरुको उज्वल भबिष्यका लागि एनआरएनहरुले एकताबद्ध भएर काम गर्नु पर्ने’ आशयको घलेको भनाइले सकारात्मक सन्देश दिने विश्वाश गरिएकोछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएको संस्थापक मध्यका एक एनआरएनएका पूर्व संरक्षक दिल गुरुङले एनआरएनए भित्र भएको राजनितिक चलखेलले गर्दा समस्या सुरु भएकोले त्यसलाई समाधान गर्न पनि राजनितिक नेत्रित्वले सहयोग गर्नु पर्ने र बिदेशमा बस्ने नेपालीहरुको हितमा एनआरएनए नेत्रित्वले काम गर्नु पर्ने बताउनु भयो ।

एनआरएनएका केन्द्रीय सचिब गंगाधर गौतमले संस्थाको रुपान्तरणका लागी निर्मम भएर समिक्षा गरेर आगामी कदम चाल्नु पर्ने बताउनु भयो, उहाले आगामी ११ रौ अधिबेशन एकताको अधिबेशनमा पूर्व अध्यक्ष घलेले अबिभाबकीय भूमिकामा रहेर संस्थालाई दिशानिर्देश गर्नु हुनेछ भन्ने संसार भरिका नेपालीको चाहना रहेकोले त्यसको सम्मान गर्न घलेलाई आग्रह गर्नु भयो ।

एनआरएनए बेल्जियमका अध्यक्ष सिता सापकोटाले छोट्टो समयको आग्रहमा पनि कार्यक्रममा उपस्थित भएकोमा अतिथिहरुलाई धन्यबाद दिदै एनआरएनएमा घलेको योगदान उच्च रहेले नयाँ पुस्तामा आशा जागाउने गरी विश्वभरिका नेपालीको अबिभाबकको रुपमा एनआरएनए अभियानलाई एकताबद्ध बनाउन भूमिका खेलिदिन आग्रह गर्नु भयो ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब रुबिना शर्माले गर्नु भएको थियो । अतिथिहरुलाई एनआरएनए बेल्जियमका महिला उपाध्यक्ष इन्दिरा चाम्लिङ राईले स्वागत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.