हेटौंडामा तेस्रो मिस्टर मकवानपुर २०८० हुँदै

0

हेटौंडा \ नेपाल शारीरिक सुगठन तथा फिट्नेस सम्बन्धी विभिन्न कार्य गर्दे आइरहेको महासंघले मिस्टर मकवानपुर-२०८० आयोजना गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मिस्टर मकवानपुर-२०८० बारे जानकारी गराएको छ ।

हामीले लामो समयको अन्तराल पछि तेस्रो मिस्टर मकवानपुर ०८० असोज १३ गते गर्ने तयारीमा छौं महासंघका अध्यक्ष राजेश भेटवालले भन्नुभयो । उहाँ भन्नुहुन्छः हामीले ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धीलाई सहभागिता जनाउनेछौं सोही अनुरुप राष्ट्रिय निर्णायकहरुले निर्णय गर्नुहुनेछ भेटवालले बताउनुभयो ।प्रतियोगितामा प्रत्येक तौल समूहको विजेतालाई १० हजार प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक सुनील लोप्चनले बताउनुभयो । प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद २५ हजारले सम्मान गरिने लोप्चनले बताउनुभयो । यस खेलप्रति महिलाको आकर्षण बढाउनको निम्ति महिला खेलाडीद्धारा एकै तौल समूहमा महिलाहरुको पनि प्रतिस्पर्धा समेत रहनेछ ।

साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका एक/एक जना व्यक्तित्वलाई सम्मान गरिने अध्यक्ष भेटवालले बताउनुभयो । कार्यक्रम असोज १३ गते  हेटौंडा-२ पल्पसा हलमा हुने आयोजकले जनाएको छ ।  कार्यक्रमको अनुमानित खर्च १२ लाख हुने अनुमान आयोजकको रहेको छ ।

प्रतियोगितामा करिब ५० जनाले सहभागिता जनाउने अनुमान गरिएको छ । जिल्लाभित्र रहेका करिब ६ वटा फिट्नेस क्लबले खेलाडीहरु प्रस्तुत गर्ने अध्यक्ष भेटवालले बताउनुभयो । महासंघको आयोजनामा प्रथम मिस्टर मकवानपुर २०६६ सालमा भएको थियो जसका विजेता गरेका सुनील महर्जन बनेका थिए भने दोस्रो मिस्टर मकवानपुर २०७५ मा अतित श्रेष्ठ बनेका थिए ।

पत्रकार सम्मेलन नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ बागमती प्रदेशका कोषाध्यक्ष सुनील अधिकारीको आतिथ्यतामा गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.