अन्तरिक्षयानको सफल अवतरण : मोदीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

0

काठमाडौं \  चन्द्रमाको दक्षिणी ध्रुव नजिक भारतीय चन्द्रयान–३ अवतरण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ।

चन्द्रमाको दक्षिणी ध्रुव नजिक  चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाए लगत्तै प्रधानमन्त्री प्रचण्डले ट्वीटरमार्फत् भारतीय समकक्षी मोदीलाई बधाई दिनुभएको हो।

प्रधानमन्त्री प्रचण्डले भारतका समकक्षी मोदीलाई बधाई दिँदै भन्नुभएको छ, ‘‘मित्रराष्ट्र भारतले “चन्द्रयान–३” नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु। मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरीक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ। यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु।’’

चन्द्रयान–३ सफलतापूर्वक अवतरण  भएसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ। रुसको लुना–२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महात्वाकांक्षी प्रयास गरेको हो।

Leave A Reply

Your email address will not be published.