राष्ट्रिय बाल नीति छिट्टै पारित हुन्छ : मन्त्री आचार्य

0

कीर्तिपुर \  कीर्तिपुर नगरपालिका–७ लाई काठमाडौं जिल्लाको पहिलो बालमैत्री सुशासनयुक्त वडा घोषणा गरिएको छ । कीर्तिपुर नगरपालिकाले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, ललितपुर र बाल विकास समाज, काठमाडौंको सहकार्यमा बिहीबार कीर्तिपुर ७ भाजंगलमा बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा–२०८० समारोहमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले स्थानीय तह, प्रदेश र केन्द्रले नीतिगत योजना बनाएर बाल अधिकार र विकासको क्षेत्रमा काम गर्नुपर्ने भन्नुहुँदै सरकारले राष्ट्रिय बाल नीति छिट्टै पारित गर्ने बताउनुभयो ।

मन्त्री आचार्यले भन्नुभयो, “गरिबी, बेरोजगारका कारण बालश्रम, कुपोषण रोजगारीको सिलसिलामा पठनपाठन छोडेर गएको अवस्था छ । स्थानीय, प्रदेश र केन्द्रले नीतिगत योजना बनाएर ध्यान दिनुपर्छ । राष्ट्रिय बाल नीति पास हुने अवस्थामा छ ।”

उहाँले मोबाइल, टेलिभिजनमा बालबालिका धेरै व्यस्त हुने गरेको प्रसंग जोड्नुहुँदै सामाजिक सञ्जाल एवम् अनेक विकृतिमा नलाग्न अभिभावकले उनीहरुलाई सिर्जनात्मक कार्यमा लगाउनुपर्ने सुझाव दिनुभयो ।

Leave A Reply

Your email address will not be published.