सभामुखको एक्लो प्रयासले मात्र संसद्को जारी गतिरोध अन्त्य हुँदैन : सभामुख घिमिरे

0

काठमाडौं \  सभामुख देवराज घिमिरेले सभामुखको एक्लो प्रयासमा मात्र संसद्को जारी गतिरोध अन्त्य गर्न नसकिने बताउनुभएको छ ।

संघीय संसद् सचिवालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले सभामुखको भूमिकाबाट संसदमा गतिरोध उत्पन्न नभएको स्पष्ट पार्दै एक्लो प्रयासले मात्र जारी गतिरोध अन्त्य नहुने बताउनुभएको हो ।

उहाँले संसद् अवरोध हुँदा सदनको समय,सम्पत्ति र क्षमता खेर गइरहेको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट पार भईसकेको एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

यद्दपि बे्रक सु मा राखेर ल्याइएको उक्त सुन पगाल्दा ६० केजी मात्र पाइएको छ । उक्त सुन प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साउन १० गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । यसबीचमा ८ वटा बैठक बस्न प्रयत्न भएको थियो । जसमध्ये ५ वटा बैठक अवरोध भएको र ३ वटा बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

सदनको गतिरोध अन्त्य गर्न राजनीतिक नेतृत्वबीच पटक–पटक भएका छलफलले सार्थकता पाउन सकेको छैन् ।

Leave A Reply

Your email address will not be published.