पश्चिम अफ्रिकामा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

0

एजेन्सी \  पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासीहरु बोकेको डुंगा पल्टिंदा ६० जना मानिसको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार उक्त दुर्घटनामा १५ जना बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ । १ सय जना बोकेको डुंगा केपवर्डे नजिक आन्द्र महासागरमा पल्टिएको हो ।

दुर्घटनामा पर्नेहरु सेनेगल र सिएरालियोनका नागरिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अन्टार्टिका नजिकको समुद्री तटमा सोमबार डुंगा दुर्घटना भएको अनुमान गरिएको छ । स्पेनिसहरुको माछा मार्ने टोलीले दुर्घटना भएको थाहा पाएपछि उद्धार तथा खोजी सुुरु गरिएको थियो ।

उक्त समुद्री मार्ग हुँदै युरोप जाने क्रममा गत वर्ष मात्रै ५ सय ६० जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.