विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव

0

काठमाडौ \ राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसदकाे गतिरोधका बारे छलफल भएको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिनुभयो ।

उहाँंका अनुसार, भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दललाई विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिनुभएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.