अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत

0

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढीरहेको बताउनुभयो । उहाँले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको बताउनुभयो ।

उहाँले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानी कर्ताका लागि राम्रो अवसर दिएको बताउनु भयो । उहाँले आइटी क्षेत्र नेपालमा राम्रो रहेकाले लगानी बढाउन आग्रह गर्नुभयो ।

अर्थमन्त्री महतले नेपालको अहिलेको चुनौति भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.