नक्कलि प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुईजना पक्राउ

0

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परे संगै नेपाली कांग्रेशका सांसद सुनिल शर्मा समेत गरि  ७ जना पुगेको छन ।

पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले बताउनु भएकोछ ।

यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र विरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो ।

बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ का रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका  छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको थियो  ।

अपरेशनको कमान्ड डिएसपी डा.तपन दाहालले गर्नुभएकोछ । विगतमा ब्युरोले नै सञ्चालन गरेको नक्कली चिकित्सक विरुद्धको अपरेसन ‘क्वाक’कै निरन्तरतामा नक्कली सर्टिफिकेटविरुद्ध कारबाही सञ्चालन गरिएको सीआईबिले जनाएकोछ ।

अप्रेसन जारि रहेकोले अझ धेरै नक्कली डाक्टर पक्राऊ पर्ने संभाबना रहेकोछ ।

Leave A Reply

Your email address will not be published.