बेल्जियममा मनाइयो २९ सौ विश्व आदिबासी दिवस

0

नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमले आज एक समारोहका बिच विश्व आदिबासी दिवस मनाएकोछ । २९सौ विश्व आदिबासी दिवसको अबसरमा आयोजित कार्यक्रममा बेल्जियममा स्थापित बिभिन्न जातीय संस्थाले आ-आफ्नो सांस्कृतिक झांकी, न्रित्य सहित भेषभुषा प्रदर्शन गरेका थिए ।

नेपाली राष्ट्रिय गीत र आदिबासी गीत बजाएर सुरु भएको कार्यक्रमको औपचारिक उद्घाटन बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, संस्थाका संस्थापक अध्यक्ष पिजी शेर्पा, एनआरएनए बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपाल र सँस्थाका अध्यक्ष वीरमान मगरले पानसमा दीप प्रज्वलन गरि गर्नु भएको थियो ।

विश्व आदिबासी दिवसको शुभकामना दिनुहुँदै कार्यक्रमका प्रमुख अतिथि गेहेन्द्र राजभन्डारीले बिदेशको फरक संस्क्रितिमा पनि आफ्ना रितिरिवाजको पालना गर्नु र कला संस्कृतिको संरक्षण गर्ने प्रयास गरेकोमा जातीय संघ संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो । उहाले चाडबाडमा सहभागिहरुको अनुहारमा देखिने खुशिले आफ्नोपनको महशुस हुने बताउनु भयो । नेपाली समुदायको एकतालाई बलियो बनाउन हाम्रा नेपाली संस्कार महत्वपूर्ण भूमिका हुने पनि उहाको भनाइ थियो ।

त्यसै गरि एनआरएनए बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपालले मौलिक परम्परालाई जोगाउन एनआरएनए सधैं सहकार्य गर्न तयार छ भन्दै मानबीय मुल्य सहितका हाम्रा रितिरिवाजको बारेमा अरुलाई बुझाउनु पर्छ भन्नु भयो ।

नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका संस्थापक अध्यक्ष पिजी शेर्पाले आदिबासी जनजातीको एकताले मात्र आफ्नो अधिकार प्राप्त हुने भएकोले एकतालाई खलल पुग्ने गरि गतिबिधी नगर्न अनुरोध गर्नु भयो ।  आदिबासी जनजातिको मौलिक पहिचान जोगाउन बेल्जियमको जनजाती समुदायको प्रयास राम्रो छ ,  ईतिहासको सत्य तथ्यको मनन गरेर आगामी दिनमा अझ सकृय भएर जनजाती महासंघले काम गरोस् भनेर शुभकामना दिनु भयो ।

कार्यक्रममा विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना, तामाङ् समाजका अध्यक्ष राम लामा, तमु समाजका अध्यक्ष होम गुरुङ, पसापुचका सूर्य नारायण श्रेष्ठ, किरात राई समाजका अध्यक्ष इन्दिरा चाम्लिङ राई,आदिबासी जनजाती महासंघ पोर्तुगलका उपाध्यक्ष श्रिया राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष बदन योङ्हाङ, तमु धिँ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङले विश्व आदिबासी दिवसको शुभकामना दिनु भयो ।

त्यसै गरि जनता समाजबादीका अध्यक्ष नेत्र मगर, जनसंपर्क समितिका सुबाश गुरुङ, जन प्रगतिशिल मंचका मनिस गुरुङ, कास्की समाजका अध्यक्ष जिबन गुरुङ र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायतले पनि विश्व आदिबासी दिवसको शुभकामना दिनु भएको थियो ।

उक्त अबसरमा किरात राई समाजका अध्यक्ष इन्दिरा चाम्लिङ राई, किरात याक्थुङ चुम्लुङका नबनिर्बाचित अध्यक्ष बदन योङ्हाङ र एनआरएनए बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपाल पुष्प लाई खादा लगाइ समान गरिएको थियो ।

कार्यक्रममा झाकी प्रस्तुत गर्ने कलाकारहरुलाई प्रमुख अतिथि लगायतका अतिथिहरुले प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

संस्थाका बरिष्ठ उपाध्यक्ष मुना राईले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिब रविन बान्तवा राइ र याम कुमारी गुरुङ ‘उमा’ले गर्नु भएको थियो ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सदस्यहरु लगायत अतिथिहरुलाई धन्यवाद सहित नेपाल आदिबासी जनजातिमहासंघ बेल्जियमका अध्यक्ष बीरमान मगरले विश्व आदिबासी दिवसको शुभकामना दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.