अनेसास पर्थ च्याप्टरको अधिबेशन सम्पन्न, अध्यक्षमा रिजा प्रधान

0

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरको चौथो अधिवेशन एवं साहित्यकार एलबी क्षेत्री ज्युको एकल कविता बाचन अस्ट्रेलियाको पर्थ शहरमा सम्पन्न भएको छ। अधिबेशनले रिजा अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ,

शनिवार ६ अगस्टका दिन सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी साहित्यकार एलबी क्षेत्री ज्युले “अनेसास पर्थ च्याप्टरको अध्यक्ष को रिजा प्रधान भनेर बोलाइने भएकाले पनि संस्थालाई नेपाली भाषा र साहित्यको प्रवर्द्धन र संरक्षणका निमित्त कृयाशिल बनाएर लैजानु पर्ने जिम्मेवारी आएको बताउदै नव निर्बाचित अध्यक्ष रिजा प्रधानलाई हौसला प्रदान गर्नुभएको थियो ।

क्षेत्रीले अनेसास केन्द्र पाचौं अधिवेशन भब्य रुपमा सम्पन गरेको पर्थ च्याप्टरले अझ धेरै साहित्यिक कार्यक्रमहरु गरेर प्रवासमा नेपाली साहित्यलाई नयाँ पुस्तामा जिवन्त राख्नु पर्ने दायित्य निर्वाह गर्न प्रेरित गर्दै संस्थालाई आफ्नो साथ सदैब रहेको बताउनु भयो।
साहित्यकार एल.बि क्षेत्री त्रिभुवन विश्वविद्यालय पूर्व प्राध्यापक, अनेसासका पूर्व केन्द्रिय सल्लाहकार एवं कविडाँडा साहित्य समाजका अध्यक्ष हुनुहुन्छ ।

कार्यक्रमको पहिलो सत्रमा एकल कविता बाचनमा आफ्ना केही सुन्दर कविता हरु ‘ भिडमा हराएको मान्छे, ब्रतभङग, इन्द्रमायाको देशमा, द कोरिडोर अफ द सेन्स लगायतका सुन्दर कविताहरु सुनाउदै उपस्थित सम्पुर्ण लाई मन्त्र मुग्ध पार्नुभएको थियो ।

कार्यक्रममा अन्य अतिथिहरुमा निवर्तमान अध्यक्षहरु- निरज क्षेत्री/गणेश घिमिरे, एन आर एन अष्टेलिया आई सि सि प्रतिनिधि – दिपक शर्मा, एनआरएनए पश्चिम अष्ट्रेलिया संयोजकः शेखर घिमिरे, नाबा अध्यक्ष चुरामणी लामिछाने, नेपाली सामुदायिक मंदिर भवन निर्माण समिति अध्यक्ष विनोद दहाल, नावा पुर्व अध्यक्ष आङ दावा शेर्पा, नावा निवर्तमान अध्यक्ष बाशुदेव रेग्मि लगायत एनआरएनए पश्चिम अस्ट्रेलिया निवर्तमान संयोजकः दिपक बस्नेत, महिला संयोजक मीन सुब्बा गुरुङ, निवर्तमान महिला संयोजक रत्ना गौतम, युवा संयोजक मनिष सिग्देल, फोटोग्राफर बिनायक अर्याल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं बिशिस्ट व्यक्तित्वहरुको उपस्थिती रहेको  कार्यक्रमको सन्चालन आशिष भट्टराई र रिजा प्रधानले गर्नुभएको थियो ।

कार्यक्रमका सभापति निवर्तमान अध्यक्ष हरि अधिकारी र प्रमुख अतिथी एलबी क्षेत्रीले दीप प्रज्वलन एवं महाकवी लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा फुलमाला लगाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो खण्डमा सर्जकहरुको रचना बाचन कार्यक्रम रहेको थियो, जसमा आङ्ग दावा शेर्पा, दिपेश रिमाल, शिव बजगाई (गित), दिपक सुवेदी, चुरामणी लामिछाने, राधा दाहाल, मन्जु कोइराला, सन्तोष लम्साल, कमल सिलवाल ज्युले रचना बाचन गर्नु भएको थियो।
कार्यक्रमको तेस्रो खण्डमा अनेसास च्याप्टर अध्यक्ष हरि अधिकारीले संस्थाको प्रतिबेदन प्रस्तुत गर्दै आफ्नो कार्यकाल समाप्तिको घोषणा गर्नुभएको थियो।

कार्यक्रममा तस्बिर खिचेर अनेसासलाई सदैब सहयोग गर्नु हुने बिम कृयसनका बिनायक अर्याललाई विशेष धन्यवाद समेत व्यक्त गरिएको थियो ।
पुरानो कार्यसमितीको कार्यकालको समाप्ति सङै एलबी क्षेत्री ज्युको अध्यक्षतामा ३ सदस्यिय निर्वाचन समिती द्वारा नया कार्यसमिति गठन प्रकृया अगाडि बढाउदै रिजा प्रधानको अध्यक्षतामा १५ सदस्यिय अनेसास पर्थ च्याप्टरको नयाँ कार्यसमिती गठन भएको छ ।

नवगठित कार्यसमितिका सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष रिजा प्रधान, उपाध्यक्ष राजेन्द्र सापकोटा, महासचिव गुणाखर सुवेदी (दिपक), सचिव मन्जु कोइराला, कोषाध्यक्ष दिपेश राज रिमाल र सदस्यहरुमा सन्तोष लम्साल, राधा दाहाल, कमल सिलवाल, आशिष भट्टराई, डिल्ली पराजुली,लक्ष पौडेल, दिपराज मिश्र, सपना अर्याल पान्डे, समनता सौजन, तुलसी बिक्रम थापा हुनुहुन्छ ।

नवनिर्बाचित अधक्ष रिजा प्रधानले  आफ्नो काँधमा नयाँ र गहन जिम्मेवारी आएको जनाउँदै यसलाई नेपाली भाषा र साहित्यको हितमा विभिन्न कार्यक्रमहरु गर्ने गरि आफ्नो कार्यकालमा केही ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.