सरकारले राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

0

काठमाडौं \  सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको सजानकारी दिनुभएको हो ।

मन्त्री शर्माले अर्थमन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृत दिएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्ले साईवर सुरक्षा नीति पनि स्वीकृत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थमन्त्रालयको प्रस्तावमा रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिने निर्णय भएको छ । साईवर सुरक्षा नीति स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।’

मन्त्री शर्माले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेश गर्न पनि मन्त्री परिषद्ले स्वीकृत दिइएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.