काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढी, ठाउँठाउँमा डुबान

0

काठमाडौं \ काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ ।

काठमाडौं उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएकाे छ ।

बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ ।

Leave A Reply

Your email address will not be published.