भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनःनिर्माण गर्ने

0

भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनः निर्माण गर्ने भएको छ । त्यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गर्नु भएको छ  ।

२ सय ५० अर्ब भारतीय रुपैयाँको लागतमा विकसित हुने परियोजनाले यात्रुलाई राम्रो सुविधा उपलब्ध गराउने मोदीको दाबी छ । रेलवे स्टेशनहरूको पुनर्विकासमा प्लेटफर्महरूमा राम्रो बस्ने व्यवस्था, अपग्रेड गरिएको प्रतीक्षालय र निःशुल्क वाइफाइ जडान लगायतका सुविधाहरू समावेश हुनेछन् ।

प्रधानमन्त्री मोदीले तत्कालका लागि ५ सय ८ वटा स्टेशनहरुको पुनःनिर्माण गरिने बताउनुभयो । उहाँका अनुसार भारतीय सरकारले एक हजार ३ सय  वटा रेलवे स्टेशनहरूको पुनःनिर्माण गर्ने लक्ष्य राखेको छ ।-एजेन्सी

Leave A Reply

Your email address will not be published.