मेरो डान्स युनिभर्सको फाइनलमा पुग्न बेल्जियमकी देबी गर्बुजा मगरको एक खुड्किलो बाँकी, मंगलबार सम्म भोट गर्न सकिने

0

बेल्जियमको नेपाली समुदायमा लोकप्रिय न्रित्य प्रशिक्षिका रहेकी देबी गर्बुजा मगर डान्स रियालिटि शो ‘मेरो डान्स युनिभर्स’ को  फाइनल चरणमा पुगेकिछिन । अहिले सम्म ६ इटौ स्थानमा रहेकी गर्बुजा पर्सि मंगलबार सम्म दर्शकहरुबाट हुने भोटिङमा अगाडि रहेमा टप फाइभमा प्रबेश गर्नेछिन ।

आफुलाई भोटिङ गरेर अन्तिम पाच प्रतिस्पर्धिको लागि छनोट गरिदिन गर्बुजाले बेल्जियम लगायत युरोपका नेपालीहरुलाई बिशेष आग्रह गरेकिछिन, उनले अन्तिम १६ जना मध्यबाट भोटिङको आधारमा ६ इटौ सम्म पुगेको र अब फाइनलमा प्रबेश गराउन पनि सक्दो भोटिङ गरिदिनुहोला भनेकिछिन ।

भुटानी नेपालीहरुको विश्वब्यापी परोपकारी संस्था इन्ट्रा फाउन्डेशनले नेपाली भाषा, कला संस्कृतिको प्रबर्धन गर्ने उद्यस्यले आयोजना गरेको डान्स र गायनको रियालिटी शो मा बिभिन्न ५२ देशबाट १ सय २० जना प्रतियोगिहरु चयन भएका थिए । गर्बुजा यिनै १२० जनालाई पछि पार्दै अन्तिम ६ सम्म आई पुगेकि छिन ।

युरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष बलराम पुनले बेल्जियमको नेपाली समुदायले आज सम्म गरेको सहयोगका लागि धन्यवाद दिदै गर्बुजालाई भोट् गरेर सहयोग गर्न अह्वान गरेकाछन ।

बेल्जियममा हुर्की बढिरहेका नेपाली मुलका बालबालिकाहरुलाई न्रित्य सिकाइरहेकी गर्बुजाको प्रस्तुतिलाई मेरो डान्स युनिभर्सका निर्णायकहरुले पनि खुलेर प्रसंशा गर्ने गरेकाछन ।

मेरो डान्स युनिभर्सको पहिलो पुरुस्कार १ करोड रुपया; दोश्रो पुरुस्कार ३० लाख र तेश्रो पुरुस्कार २० लाख नेपाली रुपया रहेकोछ ।

देबी गर्बुजा मगरलाई भोट गर्न तलको लिंकमा क्लिक गर्नु पर्नेछ,https://apps.apple.com/app/id1671266638

 https://apps.apple.com/app/id1671266638 

Leave A Reply

Your email address will not be published.