राष्ट्रिय सुरक्षाको आयाम फराकिलो भइसकेको छ: उपप्रधानमन्त्री खड्का

0

काठमाडौं \ उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभएको छ। सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा शुक्रबार तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पार्नुभयो।

“राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाएर बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्षमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवम् मानवीय पक्षलगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ। यी विषयवस्तुलाई पनि तालिममार्फत तपाईंहरुले ग्रहण गर्नुहुनेमा विश्वास छ”, उहाँले भन्नुभयो।

Leave A Reply

Your email address will not be published.