भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा ११ नेपाली वेपत्ता

0

काठमाडौं \   भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो ।

उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण गर्न भनिएको जानकारी पनि प्रवक्ता भट्टराईले दिनुभयो ।

उहाँले भारत सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पनि पत्राचार गरिएको बताउनु भयो ।  सो पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएको खबर आएको छ ।

यससम्बन्धी विस्तृत विवरण आउने क्रम जारी छ ।

Leave A Reply

Your email address will not be published.