एनआरएनए सचिव गंगाधर गौतम द्वारा महासचिवमा उम्मेद्बारी घोषणा

0

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा काठमाडौँमा हुने महाधिवेशनका लागि वर्तमान सचिव गंगाधर गौतमले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

विहिवार आफ्नो जन्मदिनको अवसर पारेर उम्मेद्बारी घोषणा गरेका गौतमले एनआरएनए विधि पद्धतिमा चल्न नसक्दा यसको गरिमा घटेको र यस प्रती वितृष्णा बढेकोले त्यसको समाधान गरि एउटा सशक्त सामाजिक संगठन बनाउने लक्ष्य सहित उम्मेद्बारी घोषणा गरेको बताएकाछन ।
२२ वर्ष देखि बेल्जियममा बसोबास गर्दै आएका गौतम एनआरएनए बेल्जियमको उपाध्यक्ष,अध्यक्ष लगाएतका पदमा रहेर काम गर्दै हाल आईसिसि सचिवमा रहेका छन । उनी नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री र अध्यक्ष भईसकेका छन । नेपालमा नेपाल विद्यार्थी संघको विभिन्न पदमा बसेर विद्यार्थी राजनीतिमा सक्रिय गौतम प्रवासका हरेक सामाजिक गतिविधिमा सक्रिय सहभागि रहदै आएकाछन ।

एनआरएनएको स्थापनाकाल देखि सक्रिय गौतमले संघको विभिन्न निकायमा रहेर जिम्मेवारी पुरा गर्दै आएका छन । उनले संघको विधान समिति र एकता समितीमा बसेर कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका छन ।

गौतमले विस्तृत कार्ययोजना सहित छिट्टै आफ्नो उम्मेद्बारीको औपचारिक घोषणा गर्ने बताएकाछन ।

Leave A Reply

Your email address will not be published.