एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे निर्बाचित

0

एनआरएनए जापानको आगामी कार्यकालका लागि अध्यक्षमा नवीन निउरे निर्बाचित भएका छन् । निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका निउरेले २९५५ मत प्राप्त गरि बिजयी भएका हुन ।

यस्तैगरी, उपाध्यक्षहरुमा सिद्धार्थ श्रेष्ठ, कृष्ण गैरे, देवराज उप्रेती, सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भएका छन भने महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी निर्बाचित भएकीछन ।

नयाँ कार्यसमितिको महासचिवमा टिकाराम खरेल, सचिवमा दिलिप कँडेल, दिपेश खत्री र अर्जुन थापा निर्वाचित भएका छन् । महिला सचिवमा भने चन्द्रकुमारी केसी निर्विरोध चयन भएकी छन् ।

यस्तै, कोषाध्यक्षमा दीपक सुनार, सह-कोषाध्यक्षमा रामबहादुर थापा चयन भएका छन् भने महिला सह-कोषाध्यक्षमा अन्जु भण्डारी यसअघि नै निर्विरोध निर्बाचित भैसकेकी छन ।

यसै गरि महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध चयन भएका छन् कार्यसमिति सदस्यमा दिनेश कँडेल, नेत्र प्रसाद पाण्डे, ध्रुव गौतम, रामु कँडेल, विनय गुरुङ, ज्योति केसी र दिलिप शर्मा निर्बाचित भएका छन् ।

 

Leave A Reply

Your email address will not be published.