राष्ट्रियसभा बैठकमा आज मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने

0

काठमाडौं \ राष्ट्रियसभा बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ ।

राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशलाई राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले टेबुल गर्ने कार्यसूचि रहेको छ ।

गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई बिहीबारको बैठकमा पेश गरिने छ।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउन मिटर ब्याजसम्बन्धी विधेयक ल्याइएको हो ।

Leave A Reply

Your email address will not be published.